विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध eduroam सेवा थप क्षेत्रमा विस्तार

विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध eduroam सेवा थप क्षेत्रमा विस्तार भएको छ । यो सँगै इडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ । यस सँगै विर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु इडियुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ ।

विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्वन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरु विच एक शैक्षिक संस्था बाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापीत हुने eduroam सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ । यस सेवालाई नेपालमा विस्तार र प्रवर्दन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क(NREN) नामक संस्थाले निःशुल्क रुपमा गर्दै आएको छ । साथै यस संस्था नेपालका विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धानमा संलग्न संस्थाहरुलाई एक आपसमा जोडेर वैज्ञानिक अनुसन्धान तथा सहकार्यको वातावरण वनाउन प्रयासरत रहेको छ । हाल यस संस्थाले उपलव्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ वटा विश्वविद्यालय सहित ३० वटा शैक्षिक तथा अुसन्धानमा संलग्न संस्थाहरु जोडिइसकेका छन् ।

यसअघिनै विर अस्पताल विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्द भइसकेको छ । यसै नेटवर्कको सहयोग स्वरुप न्युक्लिएर मेडिसिनका क्षेत्रमा केहि सहकार्यहरु हाल जारी रहेको साथै Asi@Connect को सहयोगमा भिडियो कन्फ्रेन्सीङ उपकरणहरु समेत न्युक्लिएर मेडिसिन विभागले प्राप्त गरिसकेको छ ।

Related News:

  • https://technologykhabar.com/2024/01/01/158232/
  • https://lokpati.com/2023/12/244636/https://singhadurbarnews.com/2023/12/144203?npatro=1
  • https://www.hamroartha.com/news/75326/
  • https://www.sunakharinews.com/198430/?id=69https://actionkhabar.com/news/2023/12/31/5923
  • https://techpana.com/2024/145121/eduroam-internet-service-expanded-at-bir-hospital-kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.