मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल साथै इडियुरोम सेवामा आबद्ध ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) विश्वका १४० भन्दा वढि देशहरु विचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका लागि विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) बीच हालै एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एक कार्यक्रमका विच हालै सम्पन्न भएको समझदारी पत्रमा विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द ध्वज जोशी तथा NREN का अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको थियो।

यो समझदारी सँगै चित्लाब स्थीत विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विश्वका अन्य विश्वविद्यालयहरु सँग हुने वैज्ञानिक सहकार्यलाई थप मजबुत वनाउन सहयोग पुग्नेछ । यसका साथै NREN ले विश्वका अन्य अनुसन्धान तथा शैक्षिक सञ्जाल प्रदायक संस्थाहरुको सहकार्यमा नेपालका प्राज्ञिक संस्थाहरुकोशैक्षिक तथा वैज्ञानिक कृयाकलापलाई सरल बनाउन प्रदान गरिरहेका अन्य सेवाहरु जस्तै इडियुरोम, सुपर कम्प्युटर पहँुच, विश्वविद्यालयको क्याम्पस नेटवर्क स्तरोन्नती, जस्ता क्षेत्रहरुमा NREN ले आवश्यक सहयोग गर्नेछ ।

सन् २०१० देखि नेपालमा जोडिएको अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क) मा हालसम्म नेपालका ३० भन्दा वढि शैक्षिक तथा अनुसन्धान सँग सम्वन्धीत संस्थाहरु आवद्ध भएका छन्। यस आवद्धताले नेपालका प्राज्ञिक संस्थाहरु विच तिव्र गतिको कम्प्युटरमा आधारित नेटवर्क  निर्माण भइरहेको साथै यो राष्ट्रिय सञ्जाललाई विश्वविद्यालयहरुले आफुलाई आवश्यक पर्ने वैज्ञानिक रिसोर्सहरु संयुत रुपमा खरिद गरि यस नेटवर्क मार्फत पहँुच गर्न सक्नेछन्जसले गर्दा हाल देखिरहेको वैज्ञानिक रिसोर्सहरु खरिदको दोहोरोपनमा उल्लेख्य सुधार ल्याउन सक्ने देखिन्छ जसले गर्दा विश्वविद्यालयहरुको खर्च व्यवस्थापनमा मद्यत पुग्नेछ । समझदारी पत्र हस्ताक्षरकै क्रममा मदन भण्डारी विश्वविद्यालयले अभियानकै रुपमा सुरु गरेको आर्थीक सहयोग कोषमा ल्च्भ्ल् का सदस्यहरुले स्वतस्फुर्त रुपमा संकलन गर्नुभएको रु १ लाख १ हजार रुपैया साथै अमेरिका स्थीत Network Startup Resource Center (NSRC) वाट NREN को समन्वयमा प्राप्त नेटवर्क स्वीच विश्वविद्यालयका अध्यक्ष लाई हस्तान्तरण गरिएको थियो ।


Related News:

  • https://ehimalayatimes.com/2024/01/187374/
  • https://ictsamachar.com/news/madan-bhandari-sciences-and-technology-partnership-with-nren/
  • https://myrepublica.nagariknetwork.com/news/madan-bhandari-university-of-science-and-technology-and-nepal-research-and-education-network-sign-mou/

Leave a Reply

Your email address will not be published. Required fields are marked *


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.