विश्वविद्यालय अनुदान आयोग (UGC) मा eduroam संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम |

भक्तपुर सानोथिमी स्थित विश्वविद्यालय अनुदान आयोग (UGC) मा eduroam संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको eduroam वायरलेस नेटवर्कको र यो सेवा प्रयोग बाट लिन सकिने फाइदा को बारेमा र सुरक्षित प्रयोग बारेमा सहभागी हरुल्लाई महत्व पूर्ण जानकारी गराउनु रहेको थियो । नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN), राष्ट्रिय रोमिङ अपरेटर (NRO) को रूपमा, विभिन्न शैक्षिक संस्था, रिसर्च institutions र अस्पताल हरुमा हरुमा eduroam सेवालाई निशुल्क जडान गर्न अभिप्रेरित गरिरहेको छ । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (Nepal Academy of Science & Technology) लगायत २७ वटा सङ्घसंस्था यस सञ्जालमा आबद्द भएका छन् । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहुच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

         

Leave a Reply

Your email address will not be published. Required fields are marked *


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.